उच्चस्तरीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । विहान ९ बजे हिमालयन एयलान्सबाट ११९ सदस्यीइ भ्रमण टोलीसहित चीन भ्रमणमा उडेका हुन । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् ।
चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका अवसरमा चीनसँग दुइदेशीय हित र सहयोगका विषयमा छलफल हुने जनाइएको छ । खासगरी पूर्वाधार विकास,रेलमार्ग, सडक, विद्युत लाइन, कृषि लगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान अध्यक्ष शैलेन्द्र गुरागाई लगायत छन् ।
साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।