प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको जम्बो टोली ६ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेको छ । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा छ दिवसीय औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओली चीनमा रहँदा चीनले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, ऊर्जा, लगानी र पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम छ । चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीसहित तिब्बतका प्रान्तीय नेताहरुलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।
१ सय १९ सदस्यीय भ्रमण टोलीमा आधाभन्दा बढी निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको समूह छ । भ्रमण टोलीमा नेपालबाट १ सय ११ जनाको टोली छ भने ८ जना बेइजिङस्थित नेपाली दूतावासका कर्मचारी छन् । प्रधानमन्त्री ओलीका साथ धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालसहित सांसद, सरकारका उच्च अधिकारी र सञ्चारकर्मीहरु सहभागी छन् ।
प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, उद्योगी÷व्यवसायी ५२, विभिन्न सञ्चारमाध्यमका प्रधानसम्पादकसहित पत्रकार १७ जना सहभागी भएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणमा सहभागी उद्योगी तथा व्यापारी प्रतिनिधिहरुः
नेपाल उद्योग बाणिज्य महासङ्घका प्रतिनिधिहरुः
भवानी राणा, अध्यक्ष
पशुपति मुरारका, पूर्व अध्यक्ष
शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष
किशोर कुमार प्रधान, उपाध्यक्ष
उमेश लाल श्रेष्ठ, उपाध्यक्ष
चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष
ज्ञानेन्द्रलाल प्रधान, कोषाध्यक्ष
गोपाल प्रसाद तिवारी, महाप्रबन्धक
प्रबलजंग पाण्डे, सदस्य
जोत्सना श्रेष्ठ, सदस्य
नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरुः
हरिभक्त शर्मा, अध्यक्ष
कृष्ण प्रसाद अधिकारी, उपाध्यक्ष
गुरुप्रसाद न्यौपाने, सदस्य
मनिष खेम्का, सदस्य
दुर्गा विक्रम थापा, सदस्य
नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुः
राजेशकाजी श्रेष्ठ, अध्यक्ष
राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष
कमलेश कुमार अग्रवाल, उपाध्यक्ष
दीपक कुमार मलहोत्रा, उपाध्यक्ष
इच्छाराज तामाङ्, उपाध्यक्ष
त्रिभुवनधर तुलाधर का.बा. अध्यक्ष
नरेन्द्र उलक, सल्लाहकार
गौरव अग्रवाल, सदस्य
कटेज एन्ड स्मल इण्डिष्ट्रिजबाटः
पूर्ण बहादुर भण्डारी, उपाध्यक्ष
भरत बहादुर थापा, बरिष्ठ उपाध्यक्ष
शम्भु प्रसाद पोखरेल, सदस्य
बुटवल पावर कम्पनीबाटः
पद्म ज्योति, अध्यक्ष
प्रदिप कुमार श्रेष्ठ, निर्देशक
उत्तर कुमार श्रेष्ठ, सिईओ
युनियन अफ नेशनल इण्डिष्ट्रिज एण्ड कमर्श नेपालबाटः
रामजी प्रसाद बराल, महासचिव
कृष्ण प्रसाद आचार्य, निवर्तमान अध्यक्ष
बद्रि प्रसाद गौतम, उपाध्यक्ष
हरिदेवी कँडेल, सदस्य
अन्यः
भुवन भट्ट, अध्यक्ष एनआरएनए
विश्वनाथ गोयल, उपाध्यक्ष होङ्सी–सिभम् सिमेन्ट
अञ्जु पौडेल, अध्यक्ष,नेपाल–चीन व्यापार एशोशिएशन
रमेश कुमार सिलवाल, अध्यक्ष, हिसान
लोकबहादुर भण्डारी, उपाध्यक्ष,हिसान
निरा पुलामी
आङछिरिङ शेर्पा
दिनेश प्रसाद श्रेष्ठ
सचिनलाल आचार्य
सुहृत प्रसाद घिमिरे
गौतमदास श्रेष्ठ
पूर्णबहादुर राई
मोहन डाँगी
शशी पौडेल
गोरे शेर्पा
भोज बहादुर शाह मेगाबैङ्क
कृष्णप्रसाद आचार्य, अध्यक्ष लगायत
तस्बिरः रत्न श्रेष्ठ, रासस ।