तर बेजोसको सफलता उनका कर्मचारीहरुको उपचार तथा तलबका बीच विवादमा आएको छ । सीएनएन मनीका अनुसार, अमेजनका पाँच लाख ६६ हजार कर्मचारीहरुको औसत तलब २०१७ मा २८ हजार चार सय ४६ डलर थियो । र केही दिन अघिमात्र वाशिङ्टन पोस्टका चार सयभन्दा बढी कर्मचारीले बेजोससँग राम्रो तलब र सुविधाको माग गर्दै एउटा खुला पत्रमा हस्ताक्षर गरेका थिए ।
माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेपछि उद्यमी जेफ बेजोससँग अहिले १ सय ४१ अर्ब डलर छ । अनलाइन बुकस्टोर खोल्ने एउटा आइडियाले जेफ बेजोसलाई विश्वको सबैभन्दा धनी व्यक्ति बनाएको हो । अमेजनका संस्थापक तथा सीईओसँग अहिले १ सय ४१ अर्ब डलर खुद सम्पत्ति छ, जुन गत वर्षकोभन्दा ४० अर्ब डलर बढी हो ।
बेजोससँग अहिले बिल गेट्ससँगभन्दा ४९ बिलियन र वारेन बुफेसँगभन्दा ६० बिलियन डलर बढी छ, ती दुवै विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । र, अमेजनको सेयर बजारमा कीर्तिमानी उच्चस्तरमा पुगेको हुँदा बेजोसको थैली झन्झन् भरिने जस्तो देखिएको छ ।
यो एउटा अविश्वसनीय कथा हो । यो सबै कुरा त्यतिबेला सुरु भयो जतिबेला ३० वर्षका बेजोस एउटा आश्चर्यजनक तथ्यबाट गुज्रेका थिए । बेजोसले थाहा पाए कि इन्टरनेटको उपयोग बर्सेनि २३०० प्रतिशतले बढिरहेको थियो । यस्तो लाग्दै थियो कि अनलाइन बुक स्टोरको उनको कल्पना वास्तविकतामा रुपान्तरण हुन सक्छ ।
प्रिन्स्टन विश्विद्यालयमा सन् २०१० को आफ्नो पहिलो भाषणमा बेजोसले भनेका थिए, ‘मैले त्यस गतिले बढेको कहिल्यै पनि केही देखेको र सुनेको थिइनँ ।’ ‘केही त्यस्ता कुरा जुन भौतिक संसारमा अस्तित्वमा नभएका लाखौं शीर्षकका अनलाइन बुकस्टोर बनाउने विचार मेरा लागि निकै रोमाञ्चक थियो ।’
तर, त्यो बला बेजोसको भर्खर विवाह भएको थियो तथा मेनहट्टनस्थित हेज फन्ड डीई शा ग्रुपमा उपाध्यक्षको रूपमा भव्य जागिर थियो । उनकी पत्नी म्याक्केन्जीले उनलाई त्यो काममा अगाडि बढ्न भनिन्, तर यनका हाकिमले अहिलेकै काममा स्थिर भएर लाग्न आग्रह गरे । बेजोससँग अहिले बिल गेट्ससँगभन्दा ४९ बिलियन र वारेन बुफेसँगभन्दा ६० बिलियन डलर बढी छ, ती दुवै विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । लाखौं शीर्षकले भरिएको अनलाइन बुकस्टोर खोल्ने सपना ३० वर्षको उमेरमा बेजोसको मनमा आयो । त्यही विचारले उनले १९९४ मा अमेजन लन्च गरे ।
बेजोसले भने, त्यतिबेला न्युयोर्क सहरमा हेज फन्डमा एउटा राम्रो स्थाई जागिर थियो र म्याक्केन्जी बेजोस (चित्रमा सँगै)सँग विवाह भएको भर्खर एक वर्ष भएको थियो । तर, पत्नीले उनको विचारको समर्थन गरिन् । उनी सेन्ट्रल पार्कमा टाढासम्म घुम्न जाँदा बेजोसले आफ्ना हाकिमलाई एक दिन आफू अमेजन हुने एउटा तिलस्मी कुरा सुनाउँदा उनका हाकिमले भनेका थिए, ’यो वास्तवमा एउटा राम्रो विचार हो, तर तिम्रालागि होइन, बरु यस्तो मान्छेका लागि ठिक हुन्छ जोसँग जागिर वा कुनै काम छैन ।
उनका हाकिमले उनलाई आफ्नो विचारबारे निर्णय लिन ४८ घण्टाको समय लिन आग्रह गरेका थिए । भविष्यको सीईओलाई त्येतिबेला कस्तो महसुस हुन्थ्यो, भविष्यका दशकमा यदि उनले कमसे कम कोशिश नगरेको भए ।
उनले २०१७ को एलए शिखर सम्मेलनमा भनेका थिए, ‘धेरैजसो विषयमा हाम्रो सबैभन्दा ठूलो अफसोस चुक्ने काम गर्छ ।’ ’यो बाटो लिइएन र तिनले हामीलाई दुख दिन्छन् । हामीलाई आश्चर्य लाग्छ कि के भयो होला । मलाई थाहा थियो कि जब म ८० वर्षको हुन्छु, तब मलाई यस कुरामा कोसिस गर्दा कुनै पछुतो हुँदैन कि म साह्रै उत्साहित थिएँ र यो असफल भयो ।’
’यदि यो असफल भयो, ठीक छ । मलाई यस तथ्यमा निकै गर्व हुनेछ जब म ८९ वर्षको हुनेछु कि मैले कोसिस गरें । मलाई यो पनि थाहा थियो कि यदि मैले कोसिस नगरेको भए यसले मलाई निकै दुख दिन्थ्यो । अनि १९९४ मा अमेजन लन्च गर्दै बेजोसले ’अल्प सुरक्षित मार्ग’ र आफ्नो भित्रैदेखिको इच्छा पूरा गर्ने निर्णय गरे ।
जोखिमले मूल्य पायो । यस वर्ष अमेजन पहिलो पटक फर्च्युन ५०० सूचीको शीर्ष १० मा प्रवेश गर्यो । १७७.८७ बिलियन डलर राजस्वसँगै एकै पटक चार खुड्किलो उक्लेर आठौं स्थानमा उक्ल्यो । अब बेजोसले अमेरिकी टेक्नोलजी काउन्सिलको गोलमेचमा पनि काम गर्छन् । जुन २०१७ मा उनको तस्बिर डोनाल्ड ट्रम्प र माइक्रोसफ्टका सीईओ सत्य नडेलासँग खिचियो ।
कम्पनी तीन वर्षपछि सार्वजनिक निक्ष्कासनमा गयो, र त्यहाँदेखि बढेको बढ्यै छ । यस वर्ष अमेजन पहिलो पटक फर्च्युन ५०० सूचीको शीर्ष १० मा प्रवेश गर्यो । १७७.८७ बिलियन डलर राजस्वसँगै एकै पटक चार खुड्किलो उक्लेर आठौं स्थानमा उक्ल्यो । यो वालमार्टभन्दा मात्र पछि छ, अन्य अग्रणी कम्पनीमा क्रमशः एक्सोन मोबिल, बर्कशायर ह्याथवे, एप्पल, युनाइटेडहेल्थ ग्रुप, म्याक्केसन र सीभीएस छन् ।
तर बेजोसको सफलता उनका कर्मचारीहरुको उपचार तथा तलबका बीच विवादमा आएको छ । सीएनएन मनीका अनुसार, अमेजनका पाँच लाख ६६ हजार कर्मचारीहरुको औसत तलब २०१७ मा २८ हजार चार सय ४६ डलर थियो । र केही दिन अघिमात्र वाशिङ्टन पोस्टका चार सयभन्दा बढी कर्मचारीले बेजोससँग राम्रो तलब र सुविधाको माग गर्दै एउटा खुला पत्रमा हस्ताक्षर गरेका थिए । बेजोसले २०१३ मा वाशिङ्टन पोस्ट किनेका थिए । ती कर्मचारीले विशेषगरी ’उचित तलब, सेवानिवृत्तिपछि उचित उपदान, पारिवारिक बिदा, स्वास्थ्य हेरचाह तथा जागिरको उचित सुरक्षा’का लागि भनेका थिए ।
डीसी समाचार पत्रका कर्मचारीहरुसँग भएको असफल वार्ताको भिडियो उक्त खुलापत्रसित सँगै पठाइएको थियो । ’लगभग एक वर्षअघि, गिल्डको समस्या समाधान समिति पोस्टसँग वार्तामा बस्यो, आशा छ हाम्रा साथीहरुलाई केही सकारात्मक परिणाम मिल्नेछ, तथा गत वर्ष हामीले जुन सफलता पायौं त्यो सबैका सामु ल्याइने छ,’ मेट्रो रिपोर्टर तथा वाशिङ्गटन पोस्टमा गिल्डका सह अध्यक्ष फ्रेड्डी कन्कलले सो भिडियोमा भनेका छन् ।
याचिकामा भनिएको छ, गएको वर्षभित्र पोस्टले डिजिटल ग्राहकको सङ्ख्या दोब्बर पुर्याएको छ, तथा आधाभन्दा बढी अनलाइन ट्रैफिक वृद्धि गरेको छ । साथै विज्ञापन लक्ष्य पूरा अथवा अझ बढी हासिल गरेको छ ।
तर, यस कार्यक्रमबापत आफूहरुले कुनै लाभ प्राप्त नभएको पोस्टका कर्मचारीहरुले बताएका छन् । ती सबै मुख्य मुद्दाहरु जुन हाम्रा लागि अति महत्त्वपूर्ण छन् तिनमा आधाजसोमा पोस्टका शीर्ष व्यवस्थापन पक्षद्वारा साह्रै अनिच्छा जनाइएको हामीले पायौं,’ कन्कलले भने । खुलापत्रमा निष्कर्ष निकाल्दै भनिएको छ, ‘धन कमाउने मार्गको नेतृत्व केवल तपाईंले मात्र गर्न सक्नुहुन्न, बरु यो पनि तपाईंलाई यो पनि थाहा छ कि यो कुरा ती सबैसँग साझा गर्न आवश्यक छ जसले यसलाई बनाउन तपाईंलाई सहयोग गरे ।’
मेल अनलाइनमा प्रकाशित लेखकाे अनाैपचारिक अनुवाद । तस्बिर साभारः मेल अनलाइन ।