नेपालको विकास साझेदार बन्न चीन तयार : राष्ट्रपति सी

बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिब ४५ मिनेट एक्ला एक्लै वार्ता भएको थियो । त्यसपिछ लगतै दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयार रहेको बताएका हुन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिब ४५ मिनेट एक्ला एक्लै वार्ता भएको थियो । त्यसपिछ लगतै दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको छ ।

चिनियाँ राष्ट्रपति सीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका छन् । साथै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीनको साथ रहने बताएका छन् ।

दुई नेताबीच चीनले अघि सारेको वन बेल्ट एन्ड रोड इनिसिएटिभ (ओबर) अन्तर्गत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्बन्धबारे पनि छलफल भएको छ ।