सामसुङ डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटीमा

काठमाडौँ । ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै सामसुङ इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले अत्याधुनिक एवम् सुविधासम्पन्न सामसुङ डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटी काठमाडौँमा शुभारम्भ गरेको छ ।

सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादन उपलब्ध गराउने उद्देश्यले सुविधासम्पन्न सामसुङ डिजिटल प्लाजा चुच्चेपाटीमा सञ्चालनमा ल्याइएको हो । हिम इलेक्ट्रोनिक्स प्रालिकी निर्देशक सीमा गोल्छा र सामसुङका ब्रान्ड एम्बासडर ज्योत्सना योगीले उक्त सोरुमको उद्घाटन गरेका हुन् ।

प्लाजाले सामसुङका विश्वस्तरीय उत्पादन कभ्र्ड टीभीएस, एलईडी टीभीएस, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभनलगायत सामसुङका सामान बिक्री गर्नेछ । काठमाडौँ उपत्यकाभित्र आट र उपत्यकाबाहिर पाँच गरेर हालसम्म १३ ओटा सामसुङ प्लाजा खुुलिसकेका छन् ।
नयाँ सोरुम शुभारम्भ भएको अवसरमा हिम इलेक्ट्रोनिक्स प्रालिकी निर्देशक गोल्छाले भनिन्, ‘हामी बौद्ध–चुच्चेपाटीमा नयाँ सोरुम सञ्चालन भएको घोषणा गर्दा निकै हर्षित भएका छौँ । ग्राहकको बढ्दो मागका कारण हामीेलाई यहाँ नयाँ सोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकलाई विभिन्न फाइदा दिनेछ । हामी देशभरका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।’