पथ प्रदर्शक हुन नक्कली शैक्षिक प्रमापत्र पेस गर्ने ६ जना पक्राउ

काठमाडौँ सामाखुसीका २६ वर्षीय अनिल महर्जन, जमलका ३५ वर्षीय रमेश महर्जन, सुन्धाराका ३१ वर्षीय राजिव महर्जन, सुनाकोठीका ३९ वर्षीय अमृत डंगोल, ललितपुरका ३४ वर्षीय किशाेर चौगुठी र कटुन्जेल निवासी ४३ वर्षीय माधव चालिसेलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरोले पथ प्रदर्शक हुन नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले विगत केही समयदेखि स्नातक तह पास गरेको नक्कली सर्टिफिकेट पेस गरी पर्यटक पथ प्रदर्शक प्रमाण पत्र बनाई गैर कानुनी तवरले कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।

काठमाडौँ सामाखुसीका २६ वर्षीय अनिल महर्जन, जमलका ३५ वर्षीय रमेश महर्जन, सुन्धाराका ३१ वर्षीय राजिव महर्जन, सुनाकोठीका ३९ वर्षीय अमृत डंगोल, ललितपुरका ३४ वर्षीय किशाेर चौगुठी र कटुन्जेल निवासी ४३ वर्षीय माधव चालिसेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले कामनापा—२८ प्रदर्शनीमार्ग स्थित पर्यटन विभागको परिसरबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई काठमाडौँ जिल्ला अदालतमा ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।