फिफा विश्व कपः ६४ वर्षमा नभएको घटना यस पटकको विश्व कपमा !

गत च्याम्पियन टिम जर्मनीको हारदेखि लिएर सबैभन्दा कमजोर बताइएको आतिथ्य टिम रूसको चमत्कारिक खेल पनि देख्यो । ’गोल मेसिन’ रोनाल्डोको चमकदेखि स्टार लियोनेल मेसीलाई दबाबमा मौन रहेको देख्यो ।

यस पटककाे फिफा वर्ल्ड कपले आफ्ना सुरुका १० दिनमैं धेरै थोक देखेको छ । पहिलो पटक खेलिरहेका टिमकाे जुझारूपनदेखि ठूला टिमको नर्भस सुरुआत देख्यो । गत च्याम्पियन टिम जर्मनीको हारदेखि लिएर सबैभन्दा कमजोर बताइएको आतिथ्य टिम रूसको चमत्कारिक खेल पनि देख्यो । ’गोल मेसिन’ रोनाल्डोको चमकदेखि स्टार लियोनेल मेसीलाई दबाबमा मौन रहेको देख्यो ।

यी सबैका बीच एउटा कुरा यस्तो भयो जुन यस टुर्नामेन्टको इतिहासमा कहिल्यै पनि भएन । उद्घाटन म्याचमा आतिथ्य टिम रूसको सऊदी अरबमाथि ५–० को जीतसँगै सुरू भएको यो वर्ल्ड कपमा खेलिएका सुरुका २७ खेलमा कुनै पनि म्याच यस्तो भएन, जसमा गोल नभएको होस् । सबै खेलमा गोल भए र ६४ वर्ष पुरानो रेकर्ड तोडियो ।

पछिल्लो पटक १९५४ मा खेलिएको वर्ल्ड कपको सुरुका २६ खेलमा गोल भएका थिए । स्विट्जरल्यान्डको आतिथ्यमा भएको उक्त टुर्नामेन्टमा २६ ओटा मात्रै प्रतिस्पर्धा थिए, तर यस पटक त्यस्तो थिएन । बेल्जियम र ट्युनिसियाबीच खेलिएको म्याच (जुन टुर्नामेन्टको २७औं म्याच थियो) मा बेल्जियमका ईडन हाजार्डले छैठौं मिनटमै गोल गरेर टुर्नामेन्टमा नयाँ रेकर्ड बनाए ।

दस दिनमा पाँच आउट भए
टुर्नामेन्टमा सहभागी ३२ टिममध्ये १६ ले मात्र नकआउट राउन्डमा स्थान पाउँथे, यानी १६ टिमको यात्रा लिग राउन्डमा सक्किनु थियो । सुरुको दस दिनमा नौ टिमको भविष्य निश्चित भयो । यी नौमध्ये ६ ओटा टिमको दौड यहीँ सकियो, जबकि चार ओटा टिमले नकआउटमा स्थान बनाए ।

अर्जेन्टिना सबैभन्दा आक्रामक टिम
अलि आश्चर्य लाग्ला, तर प्रतिस्पर्धामा अहिलेसम्म सबैभन्दा बढी आक्रामक खेल अर्जेन्टिनाले देखाएको छ । सुरुका दुई खेलमध्ये एउटा ड्र र एउटा गुमाउन पुगेको अर्जेन्टिनी टिमले अहिलेसम्म विपक्षी गोलपोस्टमा कुल १३५ पटक अट्याक गरेको छ, जुन सबैभन्दा बढी हो ।

यति धेरै अट्याकका बावजुद अर्जेन्टिनाको खातामा एउटा मात्र गोल आएको छ, जुन उसले आफ्नो पहिलो म्याचमा आइसल्यान्डका विरुद्ध गरेको थियो । गोल गर्न सबैभन्दा बढी प्रयास गर्नेमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सबैभन्दा माथि छन् । उनले १२ पटकसम्म प्रयास गरे, तर दुर्भाग्यले एउटा पनि गोल गर्न सकेनन् ।

एजेन्सीको सहयोगमा