गृहमन्त्री नै ट्राफिक जाममा !

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री ट्राफिक जाममा परेको र केहीबेरमै आइपुग्ने भनेपछि संसद हल हाँसोले गुन्जियो ।

गृहमन्त्री रामबहादुर थापा बादल अाज ट्राफिक जाममा परेका छन् । सङ्घी संसदमा उनके खेजी हुँदा सभामुखले ट्राफिक जाममा परेको बताएका थिए ।

संसदभित्र सभामुखले गृहमन्त्रीसमेत ट्राफिक जाममा परेको र आउन ढीलो भएको जवाफ दिनु एउटा मजाकजस्तै विषय हो । यसले काठमाडौंको सडकको बेथितिमात्रै देखाउँदैन, सडकको थेगो संसदभित्र छिरेको पनि अनुभव गर्न सकिन्छ ।

गृहमन्त्री यताउता जाँदा बाटो अवरुद्ध भए पनि त्यसलाई पन्छाउँदै सुरक्षाकर्मीले बाटे खुलाउँछन् । तर, तिनै गृहमन्त्री ट्राफिक जाममा परेको सुन्दा जो कोहीलार्इ हाँसो उठ्छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा गृहलगायत मन्त्रालयका लागि विनियोजित बजेटमा छलफल चलिरहँदा गृहमन्त्री उपस्थित नभएको बैठकमा गृहमन्त्रालय माथि छलफलको औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको थियो ।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री ट्राफिक जाममा परेको र केहीबेरमै आइपुग्ने भनेपछि संसद हल हाँसोले गुन्जियो ।