बागलुङमा पहिरोले घर बगाउदा ३ जनाको मृत्यु

जिल्लाकाे बरेङ गाउँपालिका— १ मा अबिरल बर्षाकाे कारण घर बगाउदा एकै परिवारकाे ३ जनाको मृत्यु भएको छ । बरेङ गाउ पालिका बरेङ १ लुरूङमा साेमबार राति परेकाे पानीले पहिराे अाएर घर बगाउदा बिष्णु बहादुर क्षेत्री बिष्णुमाया क्षेत्री र ६ महिनाकाे छाेरी साेनिया क्षेत्रीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बाढी संगै अाएकाे पहिरोले घर गाेठ बगाउदा ३ जनाको मृत्यु भएको अहिले घटना स्थलमा प्रहरीकाे टाेली पुगेर उद्दार गरिरहेकाे प्रहरीले जनाएको छ ।घर गाेठ संगै १ वटा भैंसी ३० वटा कुरा पनि बगाएर मृत्यु भएको छ २ वटा बाख्रा लाई मात्रै ज्युदै उद्दार गरेको छ ।

यस्तै बागलुङ कै जैमुनि नगरपालिका वडा नम्बर १० किटानीमा अबिर बर्षाले याम बहादुर थापाकाे गाेठ बगाउदा २ वटा भैंसी मरेको छ ।जिल्लाकाे धेरै ठाउँमा पानीले प्रभाब पारेपनि त्यसको बिबरण भने अाइपुगेकाे छैन ।