पुनर्निर्माणमा चीनको ३ अर्ब युआनमध्ये बाँकी १ अर्ब पनि तत्काल आउँछः प्रधानमन्त्री ओली

मङ्गलबार सङ्घीय संसदमा संम्बोधन गर्दै चीनले नेपालको पुनर्निर्माणमा दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने समझदारी भएको ओलीले बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने भनेको ३ अर्ब युआनमध्ये दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने सम्झौता भएको बताएका छन् ।

मङ्गलबार सङ्घीय संसदमा संम्बोधन गर्दै चीनले नेपालको पुनर्निर्माणमा दिन बाँकी रहेको १ अर्ब तत्काल उपलब्ध गराउने समझदारी भएको ओलीले बताएका हुन् ।

नेपालमा पर्यटन प्रवर्द्धनका लागि चिनियाँ पक्षले सहयोग गर्ने वचन दिएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

उनका अनुसार नुवाकोट दरबारको पुनर्निर्माण चीनको सहयोगमा हुने समझदारी भएको छ । चीनकै सहयोगमा झापामा नदी नियन्त्रण कार्यक्रम अघि बढाइने पनि ओलीले भने । उनले ऊर्जा, मितेरी र रसुवा पुल निर्माण, नेपालको उत्तरी क्षेत्रमा सामान ढुवानी गर्न चीनको तिब्बती राजमार्ग प्रयोग गर्ने विषयमा पनि समझदारी भएको बताएका छन् ।

चीन भ्रमणमा चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न आव्हान गरेको बताउँदैे नेपालमा पर्यटन तथा अन्य क्षेत्रमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराएका हुन् ।