साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आशंकामा एक व्यवसायी पक्राउ परेका छन । सोमबार दरमार्गस्थित अन्नपूर्ण होटलबाट वीरगंजका व्यवसायी राजु दारुकालाई प्रहरीले पक्राउ गरेको हो ।
सुन तस्करीमा आरोपित दारुकालाई पक्राउ गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । यसअगाडी गत असार ८ गते समितिले वीरगञ्जका सञ्जय खेतान भनिने प्रविण अग्रवाललाई पक्राउ गरेको थियो। उनी हुन्डीको कारोबारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले दावी गरेको छ।