पहिराेका कारण बागलुङको हुग्दीखोलामा निर्माणाधीन मोटरेबल पुलमा क्षति

असार १३ गतेको अविरल बर्षाका कारण बागलुङको बरेङ गाउँपालिका—३ हुग्दीशिरमा बाढी र पहिरोका कारण निर्माणधीन भौतिक संरचनामा क्षति पुगेको छ । हुग्दीखोलाले बहाव परिवर्तन गरी नयाँबजारमा पस्दा त्यहाँ निर्माणधीन भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो ।

निर्माणको अन्तिम चरणमा रहेका हुग्दीखोलाको मोटरेबल पुल, क्याम्प हाउस लगायत पुल आसपासमा लगाइएको क्याबिन वाल, कल्र्भट, मोटरसाइकल र ट्याक्टरमा समेत क्षति पुगेको हो । बाढी तथा पहिरोका कारण ८० लाख क्षति भएको आयोजना निर्माण कम्पनीका अख्तियार प्राप्त प्रतिनिधी राजेन्द्र न्यौपानेले जानकारी दिए ।

बाढी र पहिरोका कारण हुग्दीखोला आसपासका किसानका खेत पुरिँदा रोपाँइ गर्न समस्या भएको छ । जिल्ला प्राविधिक कार्यालय बागलुङ अन्र्तगतको हुग्दीशिर मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छद गौचन जेभी पोखराले लिएको थियो ।