१९ औँ मिलो अन्तराष्ट्रिय च्याम्पीयनशिपका लागि नेपाली टोली मलेसियामा

मलेसियामा हुन लागेको १९ औँ मिलो अन्तराष्ट्रिय च्याम्पीयनशिप २०१८ मा सहभागी हुन ६ सदस्य नेपाली टोली मलेसिया पुगेका छन् ।
नेपाल प्रतिनिधित्व गर्दै बागलुङको बिहुकोट कँराते डोजोबाट ४ खेलाडी र प्रशिक्षकको टोली मलेसिया पुगेका हुन् ।

जुन २९ र जुलाई १ मा हुने खेलमा ३५ केजी समुहमा सुगम गुरुङ, अमृत केसी र सुरज कँडेल तथा ४० केजी समुहमा शिशिर पुन खेल्ने प्रशिक्षक कृष्ण प्रसाद कँडेलले जानकारी दिएका छन् ।

विभिन्न देशका ६ सय ५० खेलाडी सहभागी हुने गेममा ग्रामीण भेगको सिंगो टिमले नै मौका पाउनु सकरात्मक पक्ष भएको प्रशिक्षक कँडेलले बताए ।