तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता(पीपीए) मा हस्ताक्षर भएको छ । प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका थिए ।व्यापारिक उत्पादन सुरु हुने मिति देखि ३० (तीस) वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम हुने,व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिने गरी सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता(पीपीए) मा हस्ताक्षर भएको छ ।

प्राधिकरणकातर्फका कार्यकारी निर्देशक कुलमान घिसिङले र आयोजनाको प्रवद्र्धक कम्पनीकातर्फबाट प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पीपीएको रुपमा आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका थिए ।व्यापारिक उत्पादन सुरु हुने मिति देखि ३० (तीस) वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम हुने,व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिनेगरी सम्झौता भएको छ ।

त्यस्तै प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम(१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश ः १२.४० र ६.०८ रुपैयाँमा खरिद गर्ने छ । साथै उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि पाउने व्यवस्थाअनुसार मुल्यबृद्धि पश्चात(९७ औं महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुने छ । साथै व्यापारिक उत्पादन सुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिक रुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा उर्जाको खरिद दर समायोजन गरिने व्यवस्था अनुरुप सम्झौता भएको छ ।

आयोजनाको शुख्खा र वर्षायामको क्रमश १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम हुने गरी कम्पनी प्राधिकरणबीच सम्झौता भएको छ । कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको उर्जा कुल वार्षिक उपलब्ध गराइएको उर्र्जाको ३५% भन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था छ । प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि शुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश ः १०.५५ र ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ ।

प्राधिकरणले व्यापारिक उत्पादन शुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको उर्जा खरिद गर्नु पर्नेछ । साथै अतिरिक्त उर्जाको हकमा प्राधिकरणले म्ष्कउबतअज क्ष्लकतचगअतष्यल जारी गरी माथि तोकिएको खरीद दरको ५० प्रतिशत दरमा खरिद गर्ने छ । आयोजनाबाट उत्पादन हुने विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएको छ ।

आयोजनाको पूूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास  क(एडीबी)ले अमेरिकी डलर १ सय ५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १ सय ८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।