वाम गठबन्धनले माग्यो देउवाको राजिनामा

वाम गठबन्धनले आज एक पत्रकार सम्मेलन गरी नयाँ जनादेशलाई शिरोपर गरी नयाँ सरकार गठनका लागि देउवा नेतृत्वको सरकारलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । सरकार गठनका विषयमा वर्तमाान सरकार र नेपाली कांग्रेसले गलत व्याख्या गरेको वाम गठबन्धनको ठम्याइ छ ।
पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त विज्ञप्ति पढेर सुनाएका थिए । संविधानको गलत व्याख्या गरी नयाँ सरकार गठनमा अवरोध नपुर्याउन विज्ञप्तिमा आग्रह गरिएको छ ।
काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अत्तयक्ष पुष्पकमल दाहाल लगायत गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।
पदमा भन्दा देशको समस्यामा आफू ध्यानकेन्द्रित भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए । निर्वाचन सकिएर मतपरिणाम पनि आइसकेको हुँदा कामचलाउ सरकारले विभिन्न असंवैधानिक त्रियाकलाप गरेकोमा ओलीको आपत्ति थियो । उनले अहिले सरकारका अभिव्यक्ति, गतिविधि र प्रधानमन्त्रीले गरेका परामर्शहरु ध्यान गएको बताए ।