बर्षाका कारण जनकपुर र विराटनगरमा विद्युत सेवा अवरुद्ध

अविरल बर्षाका कारण जनकपुर र विराटनगरमा विद्युत सेवा अवरुद्ध भएको छ । जनकपुरमा ४० एमभिए क्षमताको ट्रान्सफर्मर र विराटनगरमा ३ ओटा ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बर्षाका कारण पोल ढल्ने, हावाहुरीले तार चुडिने, ट्रान्सफर्मरमा क्षति पुग्दा विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको हाे । पूर्वी र पश्चिम क्षेत्रमा पनि बर्षा र हावाहुरीका कारण विद्युत् अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणका उप—कार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए ।

त्यहाँ मात्रै होइन । बर्षाले अन्य जिल्लाहरुमा भएका विद्युत्तीय तार, पोल तथा सवस्टेशनमा पनि क्षति पु¥याएको प्राधिकरण हुन सक्ने प्राधिकरणले जनाएको छ । कहाँ कति क्षति र विद्युत सेवा अवरुद्ध भएको बारेमा पुरा विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।