सर्वोत्कृष्ट भएका लामालाई १ लाख रुपैयाँ प्रदान गरेको छ । लामा आराभा नेपाल मोर्ड एग्रिकल्चर कम्पनी सुन्दरबजार लमजुङका सञ्चालक हुन् । दुबई र इजराएल बसेर फर्किएका उनले १६ करोड रुपैयाँ लगानीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालै उद्यम गरी बसेका ८ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । पुरस्कार तथा सम्मान हुनेमा सोनाम लामालाई सर्वोत्कृष्ट घोषणा गरिएको छ । सर्वोत्कृष्ट भएका लामालाई १ लाख रुपैयाँ प्रदान गरेको छ । लामा आराभा नेपाल मोर्ड एग्रिकल्चर कम्पनी सुन्दरबजार लमजुङका सञ्चालक हुन् । दुबई र इजराएल बसेर फर्किएका उनले १६ करोड रुपैयाँ लगानीमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् ।
यस्तै उत्कृष्ट हुनेहरुमा खोजराज कटुवाल कलङ्की काठमाडौं, देवीप्रसाद खत्री बागलुङ, गणेश पुन मगर पर्वत, रामदिपाल थारु बर्दिया, प्रेमप्रसाद लामिछाने बर्दिया, हरि लुईंटेल खोटाङ र द्रोणप्रसाद न्यौपाने रुपन्देहीका छन्। उनीहरुले ५०/५० हजार रुपैयाँ पाएका छन् ।
वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गरेर बसेकाहरुलाई विभिन्न आधारमा अङ्क प्रदान गरी उत्कृष्ट ८ जनालाई छनौट गरिएको थियो । रोजगारी सिर्जनामा योगदान, पुँजी लगानी अनुपात, स्थानीय स्रोत साधनको उपयोग, आयात प्रतिस्थापन, कर भुक्तानी, ऊर्जा खपत, सामाजिक उत्तरदायित्व बहन तथा दुर्ग तथा समावेशीतालाई आधार बनाएर उत्कृष्ट उद्यमी छनौट गरिएको मन्त्रालयले जनाएको छ ।
उक्त कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीका क्रममा सिकेका सीपलाई स्वदेशमै लगाउनुपर्ने बताए । उनले स्वदेशमै बसेर उद्यम गर्नेलाई सरकारले विभिन्न कार्यक्रममा समेट्ने बताए ।