बाढी र डुवान पर्ने क्षेत्रमा पूर्वतयारी गर्न उर्जामन्त्री पुनको निर्देशन

सोमबार मन्त्रालयमा आयोजित विपद व्यवस्थापन सम्वन्धि पत्रकार सम्मेलनका अवसरमा मन्त्री पुनले वर्षा सुरु भएसँगै देशका विभिन्न ठाउँमा बाढी र डुबानका घटना घट्न थालेपछि मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । मनसुन पूर्वतयारीका लागि मातहतका आयोजना, डिभिजन, सबडिभिजन तथा जनताको तटबन्द कार्यक्रमका फिल्ड कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी काम गर्न निर्देश गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले बर्षाका कारण बाढी तथा डुवान हुने क्षेत्रहरुमा उच्च सर्तकता र पूर्वतयारी गर्न निर्देशन दिएका छन । मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा आउने बाढी र त्यस्ले निम्त्याउने क्षतिका बारेमा सम्वन्धि मन्त्रालय र विभागका कर्मचारीलाई पूर्वतयारी गर्न निर्देशन दिएका हुन ।

सोमबार मन्त्रालयमा आयोजित विपद व्यवस्थापन सम्वन्धि पत्रकार सम्मेलनका अवसरमा मन्त्री पुनले वर्षा सुरु भएसँगै देशका विभिन्न ठाउँमा बाढी र डुबानका घटना घट्न थालेपछि मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । मनसुन पूर्वतयारीका लागि मातहतका आयोजना, डिभिजन, सबडिभिजन तथा जनताको तटबन्द कार्यक्रमका फिल्ड कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी काम गर्न निर्देश गरिएको छ ।

मन्त्रीको निर्देशनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल उत्पन्न प्रकोप र जल तथा मौसम विज्ञान विभागका फिल्डका कुनै पनि कर्मचारीले कार्यालय छोड्न पाउने छैनन् । उनीहरूलाई लिखित निर्देशनसमेत दिइएको छ । यस्तै, बाढी तथा डुबान नियन्त्रण गर्न खाली बोरा, जिआई तार जाली, बाँसलगायत आपतकालीन निर्माण सामग्री किन्न बजेटको व्यवस्थासमेत गरिएको छ ।

आपतकालीन सामग्री खरिद गर्न तराईका हरेक जिल्लालाई १० लाख रुपैयाँ र पहाडी जिल्लालाई ५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ । मनसुनको समयमा प्रकोपबाट हुन सक्ने जनधनको क्षति न्यूनिकरण गर्न जनतालाई सचेत गराउने, रेडियोबाट जानकारीमूलक सूचना प्रवाह गर्न पनि मन्त्री पुनको निर्देशन छ ।