राजाकमाथि प्रधानमन्त्री हुँदा अर्बाैं रुपैयाँको भ्रष्टाचार गरेको महाथिर सरकारले आरोप लगाएको थियो । महाथिर सत्तामा आउनुअघि नै राजाक भ्रष्टाचारमा संलग्न रहेको भन्दै आलोचना गर्दै आएका थिए ।
मलेसियाका निवर्तमान प्रधानमन्त्री नाजिव तुन राजाक पक्राउ परेका छन् । महाथिर सरकारले राजाकलाई मङ्गलबार पक्राउ गरेको मलेसियाको सञ्चारमाध्यम द स्टारले उल्लेख गरेको छ ।
मलेसिया एन्टी करप्सन कमिसन (एमएसीसी)ले राजाकलाई उनकै घरबाट पक्राउ गरेको पुष्टि गरेको हो । राजाकलाई मङ्गलबार तीन बजे पक्राउ गरेको आयोगले जानकारी दिएको छ । ‘हामी केही समयपछि यस विषयमा विज्ञप्ति जारी गर्दै छौं,’ आयोगले प्रतिक्रिया दिएको छ, ‘अहिले राजाकलाई आयोगको मुख्यालयमा राखिएको छ ।’
राजाकमाथि प्रधानमन्त्री हुँदा अर्बाैं रुपैयाँको भ्रष्टाचार गरेको महाथिर सरकारले आरोप लगाएको थियो । महाथिर सत्तामा आउनुअघि नै राजाक भ्रष्टाचारमा संलग्न रहेको भन्दै आलोचना गर्दै आएका थिए ।