दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवर्द्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबल कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस मञ्चलाई उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवर्द्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ ।

उत्तरदायीपूर्ण ढंगबाट व्यवसाय प्रवर्द्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रिय संयन्त्रका रुपमा स्थापित ग्लोबल कम्प्याक्ट नेपालले आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले यस मञ्चलाई उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका राष्ट्रिय प्रतिनिधि रेनाउड मेयरले दिगो विकास लक्ष्यले परिलक्षित गरेका लक्ष्यहरु कार्यान्वयन गराउन निजी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

ग्लोबल कम्प्याक्ट नेपालकी अध्यक्ष सुलोचना श्रेष्ठ शाहले सन १९९९ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानको घोषणाअनुसार स्थापना भएको विश्वव्यापी संयन्त्रलाई सन् २०१५ मा नेपालमा अनौपचारिकरुपमा स्थापना गरिएको र हाल यसमा गैरसरकारी संस्था र व्यापारिक कम्पनी गरी २२ सदस्य रहेको जानकारी दिइन् ।

सो अवसरमा संस्थाका महासचिव योगेश सत्याल, सदस्य समीर थापा, नवीना श्रेष्ठलगायतले ग्लोबल कम्प्याक्ट नेपालका गतिविधि र भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।