राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५  सम्मानित, गोरखाका राजेन्द्रराज पन्त सर्वोत्कृष्ट

गोरखा पालुङ्टारका राजेन्द्रराज पन्त सवोत्कृष्ट कृषकको रुपमा सम्मानित भएका छन । त्यस्तै उत्कृष्ट कृषकहरुमा भरतपुर चितवनका योगेन्द्रबहादुर खड्का, बाँकेका लालबहादुर सुनार, धनुषाका बौउलाल मुखिया, टिकापुर कैलालीका रामबहादुर कुँवर सम्मानित भएका हुन ।

यस बर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पाँच जना कृषक सम्मानित भएका छन । गोरखा पालुङ्टारका राजेन्द्रराज पन्त सवोत्कृष्ट कृषकको रुपमा सम्मानित भएका छन । त्यस्तै उत्कृष्ट कृषकहरुमा भरतपुर चितवनका योगेन्द्रबहादुर खड्का, बाँकेका लालबहादुर सुनार, धनुषाका बौउलाल मुखिया, टिकापुर कैलालीका रामबहादुर कुँवर सम्मानित भएका हुन ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले सवोत्कृष्ट हुने कृषक राजेन्द्रराज पन्तलाई नगद २ लाख र उत्कृष्ट हुने कृषकहरुलाई १÷१ लाख पुरस्कार राशीले सम्मान गरेका हुन ।

गोरखाको पालुङटारका कृषक पन्तले विगत २३ बर्षदेखि सालदेखि कामधेनु गाइ पालन केन्द्र स्थापना गरी गाइपालन व्यवसाय गर्दै आएका छन । भरतपुरका कृषक योगेन्द्रबहादुर खड्काले जगतपुर एग्रो प्राइभेट लिमिटेड स्थापना गरी बाख्रा पालन गर्दै आएका छन ।

त्यस्तै बाँकेका लालबहादुर सुनारले विगत ६ बर्षदेखि च्याउखेती गर्दै आएका छन । धनुषाका बौउलाल मुखियाले माछा पालन गर्दै आएका छन भने कैलालीका रामबहादुर कुँवरले भने विगत २९ बर्षदेखि केरा खेती गर्दै आएका छन ।