अव्यवस्थित तारले ठूलाे दुर्घटनाको सङ्केत

बिहीबार मध्यान्ह काठमाडौंको न्युप्लाजास्थित एउटा पोलमा आगलागी भएको छ र समयमै आगलागी नियन्त्रण भएकाले ठूलो धनजनको क्षतिबाट बचेको छ । यद्यपि त्यस पोलमा रहेका सबै तार जलेका कारण त्यस स्थानबाट वितरित सेवा भने केही समय प्रभावित हुने निश्चत छ ।

सडकका पोल तथा घरमा अव्यवस्थित रुपमा टाँगिएका तथा सडकमा झुन्डिरहेका विभिन्न दूरसञ्चार सेवाप्रदायक, इन्टरनेट प्रदायक तथा केबल टेलिभिजनका र नेपाल विद्युत् प्राधिकरणका अव्यवस्थित तारका कारण ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।

यसरी अस्तव्यस्त रुपमा रहेका तारहरु जेलिएका ठाउँमा कुनै कारणवश आगलागी हुन गएमा त्यसले भौतिक सम्पत्ति नस्ट त हुन्छ नै ठूलो धनजनको क्षति समेत हुने स्थिति बन्छ । बिहीबार मध्यान्ह काठमाडौंको न्युप्लाजास्थित एउटा पोलमा आगलागी भएको छ र समयमै आगलागी नियन्त्रण भएकाले ठूलो धनजनको क्षतिबाट बचेको छ । यद्यपि त्यस पोलमा रहेका सबै तार जलेका कारण त्यस स्थानबाट वितरित सेवा भने केही समय प्रभावित हुने निश्चत छ ।

सिंहदरबारको उत्तर गेट र पोलसँगै जोडिएको प्रहरी चौकी तथा व्यस्त चोकमा आगलागी हुँदा यात्रु र सवारी साधन त्रसित भएका थिए । पोलमा यसरी जथाभावी रुपमा राखिएका तार समयमै व्यवस्थापन नगरे भविष्यमा ठूलो जोखिम आउने निश्चित छ ।