माओवादी केन्द्रको केन्द्रीय समिति बैठक हुँदै

छलफलको कार्यसूचीमा सरकारमा सहभागी हुने विषय पनि समावेश छ ।

पार्टी एकता र चुनावी समीक्षा गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार सुरु भएको छ ।
बैठकमा चुनावमा पार्टीले निर्वाह गरेको भूमिका र एमालेसँग गरिने पार्टी एकीकरणबारे छलफल हुने बताइएको छ । छलफलको कार्यसूचीमा सरकारमा सहभागी हुने विषय पनि समावेश छ ।