कालिगण्डकी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको थियो ।
मुस्ताङ जिल्लाको कोरला सडकखण्ड अन्तर्गत दामोदर कुण्ड गाउँपालिका—३ उपल्लो मुस्ताङको घिलिङ र स्याङ्वोचेबीचको सडकमा भएको ट्रिपर दुर्घटना हुँदा १५ जना भन्दा बढिको मृत्यु भएको छ ।
कालिगण्डकी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको थियो । जोमसोम देखि झैते सम्मको ५८ किलोमिटर सडकमा शुक्रवार दिउसो २ बजे घिलिङबाट सडकमा काम गर्दे गरेका मजदुरलाई खाना खुवाई कार्यस्थलमा लैजनाने क्रममा फर्किने स्याङ्वोचे र घिलिङ बीचमा टिपर पल्टिएको स्थानीयले जनाएका छन ।
ट्रिपर सडकबाट करिव ७० मिटर तल खसेको थियो । टिपरमा सवार १५ जनाको घटनास्थलमै मृत्यु भएको छ। भने,१७ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते मृत्यु हुनेको संख्या बढ्न सक्ने जानकारी दिए । गम्भिर घाइते १२ जनालाई हेलिकप्टरमार्फत काठमाडौ र अन्य ५ जनालाई जिल्ला अस्पताल मुस्ताङ लगिएको स्थानीय प्रकाश पौडेलले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।