निजीकरणको नाममा चाकडी गर्ने र थैली बोकेर धाउनुपर्ने स्थिति अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

शुक्रबार नेपाल उद्योग परिसङ्घको १५ औं वार्षिक साधारणासभाको उद्घाटन गर्दै ओलीले उद्योगलगायत निजीक्षेत्रको प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारको मार्गचित्र ल्याए सरकार छलफल गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निजीकरणको नाममा चाकडी गर्ने र थैली बोकेर धाउनुपर्ने स्थिति अन्त्य हुने बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसङ्घको १५ औं वार्षिक साधारणासभाको उद्घाटन गर्दै ओलीले उद्योगलगायत निजीक्षेत्रको प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारको मार्गचित्र ल्याए सरकार छलफल गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले नीजिकरणको नारा लुटेर खाने भाँडो बन्न नदिने पनि बताए । बिगतमा सार्वजनिक स्वामित्वमा रहेको सम्पत्ति निजीक्षेत्रलाई बेचे पैसा कुम्ल्याएकाले अब त्यस्तो हुन नदिने दाबी गरे । कागज मिल र छाला जुत्ता कारखाना सरकार र निजीक्षेत्र मिलेर सिध्याएका हैनन् ? उनले प्रश्न सोध्दै भने ।

उनले उद्योग व्यवसायी क्षेत्रमा आएका समस्या तथा बेथितिलाई चाडो भन्दा चाडो अन्त्य गरिने समेत बताएका छन् । उद्योग क्षेत्र सबैभन्दा जोखिम मोल्नुपर्ने क्षेत्र हो । जोखिम कम गर्न आवश्क नीतिगत सुधार गर्न तयार रहेको पनि उनको दाबी छ । कार्यक्रम बोल्दै उनले हुन्डीवालाले फेला नपारेको पैसाले नेपाल धानेको बताए । नेपालमै राजगारी सिर्जना गर्न नसक्दा निरन्तर रेमिट्यान्समा निर्भर हुनु परेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्योग प्रवर्द्धनका लागि ल्याएका ऐन सुधार गरि सशङ्कित उद्योगीमाझ आशाका किरण ल्याउने जिम्मा अहिलेको टाउकोमा आएको बताए । नीतिगत केही सुधार ल्याए सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य असहज नभएको उनको भनाई छ ।

वार्षिक साधारणसभा अवसरमा परिसंघले प्रधानमन्त्री ओलीलाई आर्थिक समृद्धि एवम् आवश्यक कानुनी सुधारको सुझाव प्रतिवेदन पनि हस्तान्तरण गरेको छ । कार्यक्रममा देशलाई सेवा दिएका विभिन्न उद्योगी व्यवसायीलाई सम्मानित गरिएको थियो ।