आघातमा नेविसंघको राहतः पहिरोमा बाबुआमा गुमाएका दुई दिदिबहिनीलाई नगद सहयोग

१३ दिनको पुण्य तिथि पारी नेपाल विद्यार्थी संघले ३५ हजार राहत प्रदान गरेको हो । पीडीत परिवार घरमै पुगेर नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरीहर शर्माले क्षेत्रीका छोरी मञ्जु क्षेत्री र अस्मीता क्षेत्रीलाई सहयोग रकम हस्तान्त्रण गरेका थिए । सहमहामन्त्री शर्माको संयोजनमा सहयोग जुटाएर सहयोग प्रदान गरिएको हो ।

अविरल बर्षा सँगै आएको पहिरोमा परी ज्यान गुमाएका बागलुङको बरेङ गाउँपालिका १ धुल्लुवास्कोटका विष्णुबहादुर क्षेत्रीको परिवारलाई राहत हस्तान्त्रण गरिएको छ ।१३ दिनको पुण्य तिथि पारी नेपाल विद्यार्थी संघले ३५ हजार राहत प्रदान गरेको हो । पीडीत परिवार घरमै पुगेर नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरीहर शर्माले क्षेत्रीका छोरी मञ्जु क्षेत्री र अस्मीता क्षेत्रीलाई सहयोग रकम हस्तान्त्रण गरेका थिए ।
सहमहामन्त्री शर्माको संयोजनमा सहयोग जुटाएर सहयोग प्रदान गरिएको हो ।

असार ११ गते पहिरोले घर पुरिदा ४० बर्षिय विष्णुबहादुर क्षेत्री उनकी श्रीमती ३५ बर्षिय बिष्णुमाया क्षेत्री र ६ महिनाकी छोरी सोनिया क्षेत्रीको घटनास्थलमै मृत्यु भएको । दुई छोरीहरु घर भन्दा बाहिर रहेकोले पहिरो वाट जोगिन सफल भएका थिए ।

श्रद्धाञ्जली सभामा वोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरीहर शर्माले समाजमा सकारात्मक भावनाको विकास गर्नको लागी सहयोग गरेको वताउदै मञ्जु क्षेत्री र अस्मिता क्षेत्रीको उच्च शिक्षाको लागी नेपाल विद्यार्थी संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । हाल अस्मिता क्षेत्रीले एसइई उत्तिर्ण गरेको र मञ्जु क्षेत्रीले प्लस टु परिक्षा दिएर बसेकी छन ।

विद्यार्थी संघ बागलुङका सचिव श्रीष्कृण पौडेल , नेपाल तरुण दल जैमिनि नगर समितिका सचिव पुरन श्रीष, नेपाली काग्रेका क्षेत्रिय प्रतिनिधि रामेश्वर शर्मा लगायतले घरमै पुगेर शोक मन्तव्य व्यक्त गरेका थिए ।

पहिरोमा परि वावुआमा र बहिनि गुमाएका दुई युवती बेसाहारा भएका छन् । पहिरोले घर समेत पुर्ण रुपमा पुरेकोले आफन्तको आश्रय लिएका छन् ।