कालीमाटी तरकारी बजारको विकल्प मनोहरा किनार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार आयोजित एक कार्यक्रममा कालिमाटी तरकारी बजार विकल्प मनोहरा किनारमा अध्ययन भइरहेको बताएका छन । दलालहरुको हातमा कालीमाटी बजार रहेकाले मनोहरा खोलास्थित सुकुम्बासी बस्ती रहेको स्थानमा तरकारी बजार खोल्न अध्ययन थालिएको जानकारी दिए ।

सरकारले कालीमाटी तरकारी बजार हटाएर त्यस्कोे विकल्पमा मनोहराको किनारमा नयाँ तरकारी बजार सार्नका लागि अध्ययन सुरु भएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आइतवार आयोजित एक कार्यक्रममा कालिमाटी तरकारी बजार विकल्प मनोहरा किनारमा अध्ययन भइरहेको बताएका छन । दलालहरुको हातमा कालीमाटी बजार रहेकाले मनोहरा खोलास्थित सुकुम्बासी बस्ती रहेको स्थानमा तरकारी बजार खोल्न अध्ययन थालिएको जानकारी दिए ।

साउन मसान्तसम्म कालिमाटी तरकारी बजारको अवस्था सुधार नभए नयाँ तरकारी बजार खोल्न छलफल र प्रक्रिया सुरु भएको उनले बताए । मन्त्री खनालले भने ‘तीन पुस्तादेखि कब्जा जमाएर बसेका दलालका कारण कालिमाटी तरकारी बजार उपभोक्ता ठग्ने ठाउँ भएको छ ।’

तीन तहका दलालहरु रहेको कालीमाटी बजार सुधार नभएकाले आगामी साउनदेखि त्यो प्रक्रिया सुरु हुने उनले बताए । ‘कालिमाटी तरकारी बजारमा तीन पुस्तादेखि कब्जा जमाइएको छ’, उनले भने, ‘साउन मसान्तसम्म बजारको अवस्था नसुघ्रिए बजार बन्द गरिन्छ ।’