यसरी पदमुक्त हुने कर्मचारीमा कृषि विकास तर्फ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य मनोजमणि आचार्य, कृषि सामग्री कम्पनी लिमिटेडका सदस्य भागवतप्रसाद यादव,राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडका सदस्य सुनिल तिमल्सिना, कालीमाटी फलफुल तथा तरकारी विकास समितिका सदस्य राजनप्रसाद न्यौपाने,नेपाल उखु तथा चिनि विकास समितिका सदस्य रामआषिस महतो रहेका छन । त्यस्तैगरी पशुपंक्षी तर्फ राष्ट्रिय दुग्ध विकास बोडका सदस्यहरुमा निर्मल ज्ञवाली, राजेन्द्रराज पन्त, रतन गुरुङ, शिवकुमार थारु र रामकुमार खड्का पदमुक्त भएका हुन ।
कृषि विकास तथा पशुपंक्षी मन्त्रालयबाट विभिन्न निकायमा नियुक्त भएका पदाधिकारीहरु पदमुक्त भएका छन । केपी शर्मा ओली सरकारको असार २० गते मन्त्रिपरिषदको निर्णयअनुसार यसअगाडीका सरकारले गरेका सवै खालका राजनीतिक नियुक्त खारेज गर्ने निर्णयअनुरुप कृषि विकास तथा पशुपंक्षी मन्त्रालयबाट दश जना पदाधिकारी पदमुक्त हुने भएका हुन ।
यसरी पदमुक्त हुने कर्मचारीमा कृषि विकास तर्फ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य मनोजमणि आचार्य, कृषि सामग्री कम्पनी लिमिटेडका सदस्य भागवतप्रसाद यादव,राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडका सदस्य सुनिल तिमल्सिना, कालीमाटी फलफुल तथा तरकारी विकास समितिका सदस्य राजनप्रसाद न्यौपाने,नेपाल उखु तथा चिनि विकास समितिका सदस्य रामआषिस महतो रहेका छन ।
त्यस्तैगरी पशुपंक्षी तर्फ राष्ट्रिय दुग्ध विकास बोडका सदस्यहरुमा निर्मल ज्ञवाली, राजेन्द्रराज पन्त, रतन गुरुङ, शिवकुमार थारु र रामकुमार खड्का पदमुक्त भएका हुन । राष्ट्रिय दुग्ध विकास बोर्डका पाँचजना सदस्यहरुको नियुक्ति २०७४ असोज ३० गते भएको थियो ।