नुवाकोटमा सञ्चालनमा रहेको त्रिशुली हाइड्रोपावर केन्द्रमा आलगागी भएको छ । २४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा आगलागी हुँदा विद्युतगृहको कन्ट्रोल मेसिन जलेर नष्ट भएको छ ।
आगालागी हुँदा २४ मेगावाट विद्युत आपूर्ति बन्द भएको छ । यस्तै, केन्द्रको टेलरेस सुरुङबाट निस्केको पानी उपयोग गरी निर्माण तथा सञ्चालन भएको १४ मेगावाटको देवीघाट पनि बन्द भएको नेपाल विद्युत प्राधिकरणका सुचना अधिकारी लिला अर्यालले जानकारी दिइन् । कसरी आगलागी भएको भन्ने बारे विवरण आउन बाँकी छ ।