अमेरिका र दक्षिण कोरियाले बनाएको युद्ध-योजना उत्तर कोरियाको हातमा

सांसद रीका अनुसार उत्तरले दक्षिण कोरियाबाट करिब २३५ जिबी सैन्य दस्तावेज हात पारेको छ। ती दस्तावेजमा सम्भावित युद्धको तयारी, योजना, आदिको विवरण रहेको बताइएको छ।

गत वर्षको सेप्टेम्बर महिनामै सो घटना भएको बताइएको छ।

ती दस्तावेजहरुमा अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली शासक किम जोङ उनको हत्या गर्न बनाइएको योजना पनि संलग्न रहेको बताइएको छ। त्यस्तै गठबन्धन सैनिकका उच्च अधिकारीहरुको रिपोर्ट पनि त्यसमा रहेको बताइएको छ।

गत मार्च महिनामै दक्षिण कोरियाले आफ्नो तथ्यांक चोरिएको बताएको थियो। उसले सो ह्याकिङमा उत्तर कोरियाको हात रहेको हुनसक्ने बताएपनि उत्तरले यसलाई अस्वीकार गरेको थियो। एजेन्सी