प्रधानमन्त्रीको निर्देशनः सडकमा खाल्डाखुल्डी देख्न नपरोस, तत्काल पुर्नु

उनले कलंकी—थानकोट र चाबहिल—बौद्ध—जोरपाटीका सडमा भएको खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । उनले कलंकी—थानकोट र चाबहिल—बौद्ध—जोरपाटीका सडमा भएको खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।