उज्यालोको सहायताले गुफामा रहेका विभिन्न आकृतिका मूर्ति, चमेरा हेर्न र अर्कोपट्टि झरना भएको द्वारबाट बाहिर निस्कन सकिन्छ । गुफाको माथिल्लो भागमा चमेराहरु फैलिएर बसेको दृश्य अत्यन्त मनमोहक देखिन्छ ।
पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङगस्थित आकर्षक छादी झरना अझै पनि ओझेलमा परेको छ ।
स्थानीयबासी तथा सामाजिक कार्यकर्ताहरुले चासो नलिँदा पर्यटकीय महत्व बोकेको यो झरना जिल्ला तहमा समेत प्रचारप्रसार हुन सकेको छैन । झरनामा सय मिटरभन्दा माथिबाट पानी झरिरहेको दृश्यले सबैको मन लालायित बनाउँछ । चिन्ते सामुदायिक वन क्षेत्रभित्र रहेको यस झरनासँगै गुफाभित्र विभिन्न आकृतिका मूर्ति छन् । तर, त्यसको प्रचारप्रसारमा अझै कोही नजुट्दा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले महङ्खव बोकेको यस क्षेत्र ओझेलमा परेको स्थानीय बासिन्दा सूर्य दर्जीले बताए ।
रामपुर क्षेत्रका स्थानीय बासिन्दा तथा विद्यालयका शिक्षक, विद्यार्थीहरु झरना र गुफा क्षेत्रमा पुग्न थालेपछि चहलपहल बढ्न थालेकाले यस क्षेत्रमा भौतिक संरचना निर्माणमा स्थानीयवासीले चासो देखाउन थालेका हुन् । तर अझै पनि भौतिक संरचना निर्माण हुन सकेको छैन । स्थानीय चिन्ते सामुदायिक वन उपभोक्ता समितिले वन संरक्षण गर्न थालेपछि भने अहिले यो क्षेत्र हराबरा बन्दै गएको छ ।
उज्यालोको सहायताले गुफामा रहेका विभिन्न आकृतिका मूर्ति, चमेरा हेर्न र अर्कोपट्टि झरना भएको द्वारबाट बाहिर निस्कन सकिन्छ । गुफाको माथिल्लो भागमा चमेराहरु फैलिएर बसेको दृश्य अत्यन्त मनमोहक देखिन्छ । एकान्तमा रमाउनेका लागि यो क्षेत्र झनै आन्ददायी छ ।
कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुरस्थित छादीको सडकदेखि सानोे गोरेटो हँुदै दस पन्ध्र मिनेट पैदल हिँडेपछि गुफा र छहरा भेटिन्छ ।