दीर्घकालीन सफलताका लागि सबैभन्दा उत्कृष्ट ३० सहर

तीव्र गतिले बढ्दो डिजिटल र वैश्विक अर्थव्यवस्थामा उच्चतम प्रतिभालाई आकर्षित गर्न, नवीनतम खोजहरुलाई पृष्ठपोषण गर्न तथा प्रतिस्पर्धात्मकता बनाइराख्न यी सहर सक्षम हुनुपर्छ – र यसो गर्न विफल हुँदा गम्भीर परिणाम हुन सक्छन् ।

विश्वव्यापीकृत अर्थव्यवस्थासँगै प्रविधि परिवर्तनको तीव्र गतिलाई सँगै राखेर हेर्ने हो भने हाम्रा सहर अभूतपूर्व गतिले परिवर्तन भइरहेको प्रस्टै देखिन्छ ।
हरेक सहरले उनीहरुलाई पछ्याउन खासै राम्रो गरेका छैनन्, तर यस्तो तीव्र गतिको भेल सबै सहरीकरण तर्जुमा भएका सहरमा अत्यधिक पाइन्छन् ।

तीव्र गतिले बढ्दो डिजिटल र वैश्विक अर्थव्यवस्थामा उच्चतम प्रतिभालाई आकर्षित गर्न, नवीनतम खोजहरुलाई पृष्ठपोषण गर्न तथा प्रतिस्पर्धात्मकता बनाइराख्न यी सहर सक्षम हुनुपर्छ – र यसो गर्न विफल हुँदा गम्भीर परिणाम हुन सक्छन् ।

कुन कुन सहर यस्तो अनुकूल बन्न तयार छन्, र कुन कुन धूलोमा हराउने छन् ?

सहरको गति (मोमेन्टम्) सूचकाङ्क
यस चार्टमा जेएलएलद्वारा उत्पादित एउटा रिपोर्ट सिटी मोमेन्टम् इन्डेक्स २०१८ को डाटा प्रयोग गरिएको छ ।

यस सूचकाङ्कले प्रविधि फर्म, शिक्षा, पर्यावरण, पारदर्शिता, आधारभूत भौतिकपूर्वाधार तथा अन्तर्राष्ट्रिय पेटेन्टको सङ्ख्याजस्ता महत्त्वपूर्ण कारकहरुलाई हेरेर, नवीन खोजमूलक अर्थव्यवस्थाको अग्रणी सहरहरुको पहिचान गर्ने कोसिस गर्छ ।

प्रविधि, भौतिक तथा डिजिटल कनेक्टिभिटी, जीवन एवम् स्थायित्वको गुणस्तरमा आफ्नो शक्तिको लगानी र प्रतिफल लिएर, यी सहरलाई यस नयाँ प्रतिस्पर्धी परिदृश्यमा भविष्यमा आफ्नो प्रदर्शन यथावत राख्न स्थापित गरिएको छ ।

यस रिपोर्टले दीर्घकालिक सफलताका लागि सो मापदण्डअनुसार शीर्ष ३० सहर पहिचान गर्यो – साथै ३० अन्य सहरलाई थोरै समयमा आफ्नो गति समात्न योग्य छन् भनी देखायो ।

सफलताका लागि तैनात ३० सहर

रिपोर्टको २०१८ संस्करणको सूचीमा शीर्षस्थानमा आएका सहरहरु :

संयुक्त राज्य अमेरिकाले १२ सहरको प्रतिनिधित्व गरेको छ, जबकि युरोपीय महाद्वीपले १० ओटाको । यसैबीच, क्यानडा र अस्ट्रेलियाका पाँच सहर परेका छन् । जापानको टोक्यो, दक्षिण कोरियाको सिउल र सिङ्गापुर पनि शीर्ष ३० मा स्थान बनाएका छन् ।

चाखलाग्दो कुरा त चीन, ल्याटिन अमेरिका, अफ्रिका वा मध्यपूर्वका कुनै पनि सहर यो पहिलो सूचीमा परेनन् ।

अल्पावधि गतिका ३० सहर

माथि उल्लिखित रिपोर्टले अल्पकालिक गतिलाई पनि छोएको छ, जसलाई जेएलएलले सहरी अर्थव्यवस्था र रियल इस्टेट बजारका सहरका रूपमा परिभाषित गरेको छ, जुन वर्तमानमा सबैभन्दा तीव्र गतिले विकासको बाटोमा हिँड्दैछन् ।

मुख्य रूपले चिनियाँ सहरहरुसँगसँगै भारत र एसिया–प्रशान्त क्षेत्रमा हुने विस्फोटक वृद्धिका कारण परिणामको यो सूची माथिका मध्ये एउटासँग लगभग आपसी रूपले विशिष्ट छ ।

समीकरणको अल्पकालिक गतिशील पक्षमा, हामीसँग ११ ओटा चिनियाँ सहर छन्, भारतका सात र केवल एउटा पश्चिमी गोलाद्र्ध (सियाटल) मा छ ।
यहाँ ध्यान दिनयोग्य के छ भने केवल दुइटा सहर– सियाटल र सिङ्गापुरले अल्पकालिक र दीर्घकालिक दुवै गतिका सहरको सूचीमा आफ्नो स्थान बनाएका छन् ।

यो आलेख भिजुअल क्यापिटालिस्टको सहयोगमा भिजुअल क्यापिटालिस्टका संस्थापक तथा सम्पादक जेफ डेस्जार्डिन्सले लेखेका हुन् । ५ जुलार्इ २०१८ मा वर्ल्ड इकाेनाेमी फाेरममा प्रकाशित लेखकाे अनाैपचारिक अनुवाद ।