पुटिन र ट्रम्पबीच अाज वार्ता हुने

सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।

सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो । यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो ।

त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्ने भएका छन् । विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतीक्षित वार्ताका रुपमा पनि लिएका छन् । उनीहरूले सोमबारको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने रुसबाट प्राप्त समाचारमा जनाइएको छ । हेलसिन्की वार्तापछि उनीहरुको पत्रकार सम्मेनल हुने छ ।