नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित जाती, वर्ग र समुदायकाे अान्दाेलनमा भक्तराज कन्दङ्रवाकाे याेगदान महत्वपूर्ण रहेकाे बताएका छन ।ललितपुरकाे खिदेवलमा आयोजित लिम्वुवान राष्ट्रको प्रणेता भक्तराज कन्दङ्वाको स्मृति ग्रन्थ विमोचन कार्यक्रम उनले यस्तो बताएका हुन । नेपाली समाज पनि उत्पीडित जाती, वर्ग, समुदायमा अझै विभेद कायम रहेको भन्दै त्यस्को मुक्ति र अधिकारका लागि समानताका आधारमा हुनुपर्छ भन्ने उल्लेख गरे ।
कुनै पनि विचार र नेतृत्व जातीय संकीर्णताबाट माथि उठेमा मात्रै त्यो उत्पीडित जातीको अधिकारमा समानता ल्याउन सकिने बताए । ‘म ब्राह्मणको पुत्र भएको नाताले ब्राह्मण भएर सोचेको भए अहिले जातीय समानता कायम गर्न सक्ने अवस्था हुन्थेन’ उनले भने ।
एकीकरण पछि देश समाजबाद तर्फ उन्मुख भएको प्रचण्डको भनाइ छ । उनले जातीयता समानता र मुक्तिको आन्दोलनका निम्तिी भक्तराज कन्दङ्वाको योगदान उच्च रहेको बताएका थिए ।