मलेसियाका लागि उदयराज पाण्डे र भारतका लागि नीलकण्ठ उप्रेती राजदूतमा सिफारिस

आज बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनीहरुको नाम सिफारिस गरेका हुन् । संसदीय सुनुवाइ समितिको सुनुवाइपछि उनीहरुको नाम एग्रिमोका लागि सम्बन्धित देशमा पठाइने छ ।

लामो समयदेखि रिक्त मलेसिया र भारतका राजदूतमा उदयराज पाण्डे र नीलकण्ठ उप्रेतिको नाम सिफारिस गरिएको छ । पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए भने उप्रेती निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनीहरुको नाम सिफारिस गरेका हुन् । संसदीय सुनुवाइ समितिको सुनुवाइपछि उनीहरुको नाम एग्रिमोका लागि सम्बन्धित देशमा पठाइने छ ।

भारतमा यसअघि नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्यायले राजीनामा दिएपछि राजदूत पद खाली थियो भने मलेसियामा निरञ्जनमानसिंह बस्न्यात फर्किएपछि खालि भएको थियो ।

रिक्त ठाउँमा राजदूत पठाउन ढिलाइ हुँदा कुटनीतिक पहल गर्न सरकारलाई समस्या परेको थियो । यस्तै मलेसियामा हाल भएको समस्या समाधानका लागि पनि राजदूत नहुँदा समस्या भएको जनगुनासो बढेको थियो ।