मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले समयमै बर्षा भएकाले रोपाई पनि असार महिनाभर झन्डै दुई तिहाई सम्पन्न भएको र आगामी साउन महिनाभर सतप्रतिशत रोपाई हुने बताए । उनले गत बर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान गरिएको बताए ।
मुलुकभर हालसम्म ६४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ । मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले समयमै बर्षा भएकाले रोपाई पनि असार महिनाभर झन्डै दुई तिहाई सम्पन्न भएको र आगामी साउन महिनाभर सतप्रतिशत रोपाई हुने बताए । उनले गत बर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान गरिएको बताए ।
तथ्यांकअनुसार पूर्वाञ्चल क्षेत्रमा झन्डै ५० प्रतिशत, मध्यमाञ्चल क्षेत्रमा ६० प्रतिशत, पश्चिमाञ्चलमा ७३ प्रतिशत, मध्यपश्चिमाञ्चल क्षेत्रमा ७० प्रतिशत र सुदुर पश्चिमाञ्चल क्षेत्रमा ९० प्रतिशत रोपाई सम्पन्न भएको छ । गत बर्ष यसै समयमा झन्डै ५३ प्रतिशत मात्रै रोपाई भएको थियो । यस बर्ष गत बर्षको तुलनामा केही मात्रामा धान उत्पादन बढ्ने मन्त्रालयले जनाएको छ ।
गत बर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष त्यो भन्दा बढ्न सक्ने सह—प्रवक्ता सापकोटाको भनाई छ । ‘समयमै पानी प¥यो । मल र बीउमा कुनै कठिनाई नभएकाले पनि उत्पादन बढ्ने अनुमान छ ।’ उनले भने ।