अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा पश्चिम सेती स्वदेशी लगानी निर्माण गरिने उद्घोष गरेपनि त्यसका विरुद्धमा फेरी चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने बारे तयारी भएको हो । थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यूइ इन्भेष्टमेन्ट कर्पोरेसनलाई निर्माणका लागि फेरी आयोजना दिनेबारे बोर्डले निर्णय समेत निकालेको छ ।
सरकारले स्वदेशी लगानीमै बनाउने भनेर बजेट उद्घोष गरेको पश्चिम सेती आयोजना सरकारले फेरी चीनलाई दिने तयारी गरेको छ । लगानी बोर्डको ३१ औँ बैठकका अवसरमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो संकेत देखिएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष २०७५÷०७६ को बजेटमा पश्चिम सेती स्वदेशी लगानी निर्माण गरिने उद्घोष गरेपनि त्यसका विरुद्धमा फेरी चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिने बारे तयारी भएको हो । थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यूइ इन्भेष्टमेन्ट कर्पोरेसनलाई निर्माणका लागि फेरी आयोजना दिनेबारे बोर्डले निर्णय समेत निकालेको छ ।
बोर्ड निर्णयमा भनिएको छ– पश्चिम सेती जलविद्युत आयोजनाको शिघ्र कार्यान्वयन गर्न लगानी बोर्डको कार्यालयलाई अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग समन्वय गरी परियोजनाका सम्बन्धमा विकासकर्ता ‘चाइना थ्रि–गोर्जेज इन्टरनेशनल को–अपरेसन (सिटिजिआई) सँग समेत छलफल गरी दुई महिनाभित्र निष्कर्षमा पुग्न निर्देश गरेको छ ।
गत ६ बर्षदेखि आयोजना निर्माणमा कुनै काम गर्न नसकेको उक्त आयोजना फेरी सोही कम्पनीलाई दिने तयारी सरकारको छ ।