मेलमिलाप पद्धतिमार्फत मुद्दा टुङ्गोमा

८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएको हो । आठ अाेटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुङ्गो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ ।

पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुङ्रेगो लागेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुङ्गो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएको हो । आठ अाेटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुङ्गो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ ।

जिल्ला न्यायाधीश शङ्करराज बरालले पत्रकार सम्मेलनमा जिल्ला अदालत, पाल्पा देशमा नै सबैभन्दा बढी मेलमिलाप पद्धतिबाट मुद्दा टुङ्गो लगाउन सफल भएको बताए । ४२ थान मुद्दामा मेलमिलापबाट सफलता हासिल गर्दा जिल्ला अदालतले ५६ प्रतिशत प्रगति हासिल गरेको छ ।

पाल्पामा ३२ जना मेलमिलापकर्ता केन्द्रमा सूचीकृत छन् । गत आवमा ३२७ मुद्दा फछ्र्योट हुन सफल हुँदा १०२.८३ प्रतिशत प्रगति हासिल गर्न सफल भएको स्रेस्तेदार सुवर्ण खनालले जानकारी दिए ।

मेलमिलापका पद्धतिमार्फत टुङ्गो लागेका मुद्दा दिगो हुने गर्दछन् । जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेद, झगडा, जग्गालगायतका देवानी प्रकृतिका मुद्दा मेलमिलाप पद्धतिबाट विवादको टुङ्गो लगाउने काम भएको छ ।

मुद्दा मेलमिलापमार्फत टुङ्गोमा लागेपछि अदालतलाई न्याय सम्पादनमा सहज भएको छ । मेलमिलापमार्फत विवाद टुङ्गो लगाउन सक्ने मुद्दामा बहस गर्नुपर्दा अदालतमा न्याय सम्पादनमा कठिनाइ सिर्जना हुँदै आएको अदालतले जनाएको छ । रासस