कर्मचारी सरुवा मापदण्ड बनाएर मात्रै गर्न मातहतका प्रमुखलाइ ऊर्जामन्त्री पुनको निर्देशन

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले कर्मचारी सरुवा र खटनपटनका लागी मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउने बताएका छन । मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिँदै मन्त्री पुनले त्यसपछि मात्र कर्मचारीको सरुवा गर्ने बताएका हुन ।

मातहतका विभाग प्रमुख सँगको बैठकमा सरुवामा मापदण्ड बनाएर काम काजमा सरुवा गर्ने निर्देशन दिइएको हो । वस्तुपरक आधारमा कर्मचारीले पनि समान अवसर पाउने गरि कर्मचारी सरुवा गर्नुपर्नेको मन्त्री पुनको भनाई छ ।

भनसुनले काम गर्ने भन्दा पनि सिस्टमले काम गर्ने खालको हुनुपर्ने भन्दै मन्त्री पुनले अनुचित लाभ र दबावले पनि काम गर्न नसकिने तर्क गरे । सवै कर्मचारीको वृद्धि विकासमा सहयोग पुग्ने र उत्प्रेरित हुने गरी सरुवा गराउन निर्देशन दिइएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए ।