मुलुकभर ७२ प्रतिशत धान रोपाइ, सुदुर पश्चिमाञ्चल क्षेत्रमा सकिन लाग्याे

मौसम सक्रिय हुन थालेपछि हालसम्म मुलुकभर दुइ तिहाई रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले यस साउन महिनाभर सतप्रतिशत रोपाई हुने बताए । उनले गत बर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान गरिएको बताए ।

मुलुकभर हालसम्म ७२ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ ।

मौसम सक्रिय हुन थालेपछि हालसम्म मुलुकभर दुइ तिहाई रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले यस साउन महिनाभर सतप्रतिशत रोपाई हुने बताए । उनले गत बर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान गरिएको बताए ।

तथ्यांकअनुसार पूर्वाञ्चल क्षेत्रमा झन्डै ५८ प्रतिशत, मध्यमाञ्चल क्षेत्रमा ७० प्रतिशत, पश्चिमाञ्चलमा ८० प्रतिशत, मध्यपश्चिमाञ्चल क्षेत्रमा ७२ प्रतिशत र सुदुर पश्चिमाञ्चल क्षेत्रमा ९४ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत बर्ष यसै समयमा झन्डै ५३ प्रतिशत मात्रै रोपाई भएको थियो । यस बर्ष गत बर्षको तुलनामा केही मात्रामा धान उत्पादन बढ्ने मन्त्रालयले जनाएको छ ।