काबुलमा हमलामा कम्तीमा २४ हताहत

घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परी कम्तीमा २४ जना हताहती भएका छन् । घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा विस्तृत र एकिन विवरण आउन बाँकी रहेकाले मृत्यु हुने र घाइते हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।

अफगानिस्तानमा पछिल्लो समय फेरि हिंसाका घटनाहरूमा वृद्धि हुँदै गएको समाचारमा जनाइएको छ ।