लट २ अन्र्तगत हाइड्रो मेकानिकलको कामा भइरहेको ढिलाई र निर्माण सामग्रीको ढुवानी समस्याका कारण आयोजना निर्माणका लागि अझै केही समय लाग्न सक्ने आयोजनाका सुचना अधिकारी तथा प्रवक्ता डा. गणेश न्यौपानेले बताए । ‘आयोजना मंसिर भित्र ल्याउने लक्ष्य हो’ उनले भने, ‘त्यसबाहेक थप ५÷६ महिना लाग्न सक्छ ।’ उनले आगामी २०७६ बैशाख सम्ममा आयोजनाले फुल फेजमा विद्युत् उत्पादन दिने बताए । ठेकेदार कम्पनी टेक्सम्याकले पनि अपेक्षित काम नगरिँदिदा निर्माण कार्यमा ढिलाई भएको आयोजनाको दाबी छ ।
दोलखामा निर्माणधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम मंसिरसम्म नसकिने भएको छ । हाइड्रो मेकानिकल तर्फको लट २ तर्फको काम गर्न भारतीय कम्पनी टेक्सम्याकले ढिलाई गरिँदिदा आयोजनाको सकिन अझै समय लाग्ने भएको छ ।
लट २ अन्र्तगत हाइड्रो मेकानिकलको कामा भइरहेको ढिलाई र निर्माण सामग्रीको ढुवानी समस्याका कारण आयोजना निर्माणका लागि अझै केही समय लाग्न सक्ने आयोजनाका सुचना अधिकारी तथा प्रवक्ता डा. गणेश न्यौपानेले बताए । ‘आयोजना मंसिर भित्र ल्याउने लक्ष्य हो’ उनले भने, ‘त्यसबाहेक थप ५÷६ महिना लाग्न सक्छ ।’ उनले आगामी २०७६ बैशाख सम्ममा आयोजनाले फुल फेजमा विद्युत् उत्पादन दिने बताए । ठेकेदार कम्पनी टेक्सम्याकले पनि अपेक्षित काम नगरिँदिदा निर्माण कार्यमा ढिलाई भएको आयोजनाको दाबी छ ।
अहिले आयोजनाको काम झन्डै ९७ प्रतिशत सम्पन्न भएको छ । बाँकी ३ प्रतिशत काम मात्रै बाँकी छ । बर्षा सुरु भए सँगै आयोजना स्थलसम्म पुग्ने बाटोको अवस्था कमजोर रहेको छ । समयमै निर्माण सामाग्री ढुवानी गर्न नसक्दा अपेक्षित नभएको न्यौपानेले बताए । अहिले पेनस्टक पाइप ढुवानी गर्न निकै समस्या भएको छ । ६० ओटा पेनस्टक पाइप ढुवानी गरेर आयोजना स्थलसम्म पु¥याउनु पर्छ । तर, अहिलेसम्म १२ ओटा मात्रै ढुवानी गरी पु¥याइएको छ । पानी परेको बेला बाटो बिग्रने र पहिरो खस्ने तथा बाढी आउने समस्याले ढुवानी गर्न सकिदैन । सुख्खा मौसममा मात्रै ४÷५ दिनमा एक ओटा मात्रै पेनस्टक पाइप पुग्ने गरेको छ ।