उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुसी’

'नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,' ट्रम्पले भने । उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विषेश गरेर जापानमा बढी खुसीयाली छाएको र पूरै एसिया नै खुसी भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू ‘अत्यन्त खुसी’ भएको बताएका छन् । अवस्था जे जसरी अगाडि बढिरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताए ।

‘नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,’ ट्रम्पले भने । उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विषेश गरेर जापानमा बढी खुसीयाली छाएको र पूरै एसिया नै खुसी भएको बताए ।

तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाइ छ । आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उनले जानकारी दिए ।

‘त्यो गलत हो, म भने अत्यन्त खुसी छु’ उनले पत्रकारहरूसँग सोमबार संक्षिप्त कुराकानीका क्रममा भने ।