नैतिक सङ्कटमा परेपछि कानुन मन्त्रीले रूँदै दिए राजीनामा

कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले  मन्त्री पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राबारे उनले दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन लगाएका थिए ।