मेगा बैङ्कको महिला ग्राहकलाई लक्षित ‘मेगा मेहन्दी उत्सव’

बैङ्कले पहिलोपटक मेहन्दी उत्सवमा साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैङ्का विभिन्न शाखाबाट निःशुल्क मेहेन्दी लगाउन सक्नेछन् ।

मेगा बैङ्कले महिला ग्राहकहरुलाई लक्षित गर्दै मेगा मेहन्दी उत्सव मनाएको छ । बैङ्कले पहिलोपटक मेहन्दी उत्सवमा साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैङ्का विभिन्न शाखाबाट निःशुल्क मेहेन्दी लगाउन सक्नेछन् ।

बुधबार मेगा बैङ्कको राइजिङ मलस्थित मुख्य शाखामा मेहेन्दी लगाउन ग्राहकहरुको भीड लागेको बैङ्ले जनाएको छ । यो उत्सव मेगा बैङ्कका राजधानी र राजधानी बाहिरका हरेक शाखामा पालैपालो हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहेन्दी लगाउन सक्ने मेगा बैङ्कले जनाएको छ ।

मेगा बैङ्कले नेपाली नारीहरुलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान सञ्चालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि सञ्चालन गर्दै आएको छ ।