चितवनमा प्रहरी र ट्याम्पो व्यवसायीबीच झडप, प्रहरी बिटमा आगो लगाइयो

महानगरपालिकाले अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने निर्णयको विरुद्ध आन्दोलन गरिरहेका छन् । केन्द्रीय बस टर्मिलन चोकमा मजदुर एवम् व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

भरतपुर महानगरपालिकाको चितवनमा गोली चलेको छ । अटो रिक्सा तथा ट्याम्पो व्यवसायी सङ्घले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले हवाई फाएर गरेको जनाइएको छ ।

महानगरपालिकाले अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने निर्णयको विरुद्ध आन्दोलन गरिरहेका छन् । केन्द्रीय बस टर्मिलन चोकमा मजदुर एवम् व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार जबरजस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको हो । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् ।

झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् । बन्द राजमार्ग खुलाउन नमान्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको तर प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि बल प्रयोग गरिएको एसपी राठौरले बताए ।

भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौंडामा मुद्दा समेत परेको थियो । अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो ।