पर्यटन प्रवर्द्धन गर्न बलेवामा हवाइजहाज सरर तीज गीत सार्वजनिक

धौलागिरी लगायत बलेवा क्षेत्र र एयरपोर्टको विकास र प्रवर्द्धनका लागि निकै उत्कृष्ट गीत सार्वजनिक भएको छ। २०७५ सालको तीजको अबसर पारेर गीत सार्बजनिक गरिएको हो। बिशेषगरी २६ वर्षा पछि पुन संचालमा आएको बलेवा एयरपोर्टको विकास र प्रवर्द्धनका लागि गीत निर्माण गरिएको छ। उक्त गीतमा पूर्ण परियारको लय शब्द र सीता परियार र पूर्ण परियारको स्वर रहेको छ। उक्त गीतमा बलेवा भैरवस्थान मन्दिर...

धौलागिरी लगायत बलेवा क्षेत्र र एयरपोर्टको विकास र प्रवर्द्धनका लागि निकै उत्कृष्ट गीत सार्वजनिक भएको छ। २०७५ सालको तीजको अबसर पारेर गीत सार्बजनिक गरिएको हो। बिशेषगरी २६ वर्षा पछि पुन संचालमा आएको बलेवा एयरपोर्टको विकास र प्रवर्द्धनका लागि गीत निर्माण गरिएको छ। उक्त गीतमा पूर्ण परियारको लय शब्द र सीता परियार र पूर्ण परियारको स्वर रहेको छ।

उक्त गीतमा बलेवा भैरवस्थान मन्दिर र बागलुङ कालिका मन्दिर, देशकै लामाे झाेलुङ्गे पुल, कुश्मा, म्याग्दी र बागलुङ बजार समेत देखाइएकाे छ ।

साउन ८ गते देखि पृन्सेस मिडिया मार्फत बजारमा आएको। उक्त गीतमा पछिल्लो समय व्यापक रुचाइएका कलाकार प्रकाश सपूतको उत्कृष्ट नृत्य छ भने सपुतलाई स्मृति खवासले साथ दिएकी छिन । एरेन्ज तारानाथ आचार्य छायांकन गणेश सापकोटा ,सम्पादन रमन माली ,नृत्य निर्देशन शिव परियार र निर्देशन स्वयं पूर्ण परियारको रहेको छ । बाग्लुङको बलेवामा हबाइजहाज संचालनमा आए पछि त्यस ठाउका धार्मिक सांस्कृतिक तथा पर्यटकिय स्थानको प्रबर्द्धनका लागि तयार गरिएको गीतका निर्देशक पूर्ण परियारले जानकारी दिए। उक्त गीतको सम्पूर्ण छायांकन बलेवा,बाग्लुङ र पर्बतमा गरिएको छ । भने उक्त गीतमा बाग्लुङ पर्बतका सांसद तथा मन्त्रीज्युहरुको समेत शुभकामना रहेको छ ।