अध्यागमन सुरक्षामा सहयोग गर्न अमेरिका तयार  : अमेरिकी राजदूत

गृहमन्त्री थापाले राजदूतले राखेका विषयहरुमा मन्त्रालयमा आवश्यक छलफल र अध्ययनपछि निर्णय लिइने बताए । राजदूत टेप्लिट्ज १३ दिनपछि कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कंदै छिन् ।

नेपालको अध्यागमन सुरक्षा सम्बन्धमा अमेरिकी सरकार सहयोग गर्न तयार रहेको नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले बताएकी छन् । बुधबार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा उनले अमेरिकी नागरिकबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरवलोकनका लागि नेपाल सरकारको ध्यानाकर्षणसमेत गराइन् ।

गृहमन्त्री थापाले राजदूतले राखेका विषयहरुमा मन्त्रालयमा आवश्यक छलफल र अध्ययनपछि निर्णय लिइने बताए । राजदूत टेप्लिट्ज १३ दिनपछि कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कंदै छिन् । आफ्नो कार्यकाल सकिनै लाग्दा गृहमन्त्री थापासँग उनले बिदाइ भेट गरेकी हुन् ।