सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
उर्जा ,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र एसियाली विकास बैंकका आवासीय प्रतिनिधी मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
मन्त्री पुनले उर्जा र जलस्रोत क्षेत्रको समग्र विकासको लागी आफुले मार्गचित्र सार्वजनिक गरेको भन्दै आगामी दिनमा जग्गा,वन र वातावरणको समस्या हल हुनुका साथै परियोजना कार्यान्वयनमा कुनै समस्या नहुने बताए ।
भेटमा एडिबीका आवासीय प्रतिनिधी खामुडखानाले एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगतीको बारेमा जानकारी मन्त्री पुनलाई गराएको उर्जामन्त्रीको सचिवालयले जनाएको छ ।